अछाम, ३१ असार– जिल्लामा वैदेशिक रोजगारीमा जान राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।
राहदानी बनाउन दैनिक २० देखि २५ जनासम्म जिल्ला प्रशासन कार्यालयमा आउने गरेको अछामका निमिक्त प्रमुख जिल्ला अधिकारी कुष्ण गिरीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा करिब ४ सय जनाले राहदानी बनाएका छन् । उनीहरु अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवायुवती छन् ।