स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मूत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २९ गते १६:४० मा प्रकाशित

काठमाण्डु,२९ मंसिर– काठमाण्डुको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मूत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुलीक घर भएका २२ वर्षीय निर्मल लामा रहेका छन ।

काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू ठूलो भर्याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२–०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक लामाको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए दुर्घटनामा सङ्लग्न पर्यटक बसलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रवक्ता भट्टले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us