उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २९ गते १४:२९ मा प्रकाशित

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा उक्त विस्फोट प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाको मिरान शाह क्षेत्रमा बुधबार भएको बताएको छ ।

मृत्यु हुनेमा एक सैनिक र एक सर्वसाधारण रहेका जनाइएको छ । यस्तै दुर्घटनामा परि नौ जना घाइते भएको सेनाले बिहीबार जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us