
चितवन,२९ मंसिर– चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडाको मृत्यु भएको छ । नारायणी नदी किनारस्थित निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो ।
बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भेला गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले बताएको छ ।
अन्दाजी ६ महिना (खाग नपलाएको) उक्त गैँडाको बाघको आक्रमणबाट मृत्यु भएको प्रशाशनले जनाइएका छ ।