केपी ओलीविरुद्ध खनिए प्रभु साह

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १७:५० मा प्रकाशित

काठमाण्डु,२८ मंसिर– रौतहट–३ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

उनले ओली सत्ताका लागि कांग्रेससँग नजिकिन खोजेको भन्दै यसबाट प्राप्त जनमतकै अपमान गर्ने काम भएको बताएका छन । आज बुधबार रौतहटको कटहरियामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

स्वतन्त्र सांसद साहले सत्ता स्वार्थमा सिंगो पार्टीलाई ओलीले अनैतिकताको पथमा डोहोर्‍याएको आरोप लगाए । उनले भने,अस्तिसम्म कांग्रेसलाई तथानाम गाली गर्ने र अहिले लाज पचाएर त्यही मुख्य प्रतिस्पर्धी कांग्रेसलाई सरकार बनाउन समर्थन गर्ने कार्य थाल्नु अनैतिकताको भद्दा खेल हो’ नेपाली जनताले एमालेको चरित्र बुझ्न जरुरी रहेको बताएका छन ।’

जनताबाट प्रतिपक्षमा बस्न प्राप्त म्यान्डेट स्वीकार गर्दै आफ्नो भूमिका निर्वाह गर्नुको सट्टा जोसँग प्रतिस्पर्धा गरियो उसैलाई सत्तामा सघाउने गरी ओलीबाट भएको प्रयास अनैतिकताको पराकाष्टा भएको उनले बताएका छन ।

ओलीकै कारण राजनीतिक वृत्तमा एमालेप्रति अनैतिक र अलोकतान्त्रिक छाप पर्ने देखिएको उनले बताए । आफू सरकारमा हुँदा नागरिकता विधेयक ल्याउने तर सत्ता गठबन्धनले ल्याउँदा राष्ट्रपतिको प्रयोग गरी रोक्ने कार्य एमालेबाटै भएको उल्लेख गर्दै साहले रेशम चौधरीलाई जेलमुक्त गराउने सवालमा पनि त्यस्तै भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us