
काठमाण्डु,२८ मंसिर– कांग्रेस नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ ।
नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने भएको थियो ।
तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो ।
नेपालस्थित जापानको दूतावासले अब बिहीबार नेता पौडेललाई उनको निवासमा एक कार्यक्रमबीच नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान भएका छन ।