रामचन्द्र पौडेलले देउवालाई भने-मलाई प्रधानमन्त्रीमा सहयोग गर्नुस्

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १५:४२ मा प्रकाशित

काठमाण्डु,२८ मंसिर– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

आज (बुधबार) देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह गरेका हुन ।

पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौँला’ भन्ने जवाफ मात्र दिएका थिए । कांग्रेसभित्र देउवा स्वयं प्रधानमन्त्रीका लागि प्रयासरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us