
काठमाण्डु ,२८ मंसीर -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यका रूपमा सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
लामीछाने विरुध बुधबार सिन्धुलीका युवराज पौडेलले सर्वोच्चमा रिट दर्ता गराएका हुन । पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् ।
उनले दर्ता गरेकोरिटमा भनिएको छ,
‘नेपालको संविधानको धारा १३७९२०(ख) को क्षेत्राधिकार प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचन आयोग ऐन, २०७४ को दफा १६ बमोजिम निज रवि लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी निजलाई सांसद पदबाट मुक्त गरी पाउँ र उक्त ऐनको दफा १६९२० बमोजिमको कार्य गर्नु भनी विपक्षी निर्वाचन आयोगका नाममा परमादेशको आदेश जारी गरी पाउँ ।’