एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था छैन: प्रमुख निर्वाचन आयुक्त

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १५:०८ मा प्रकाशित

काठमाण्डु,२८ मंसिर– निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने विषयमा कानुनी प्रष्टता नभएको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने बताएका छन । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक निर्वाचन पद्धतिबाट नेकपा एमालेको सांसद निर्वाचित भएका छन् ।

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले एउटा दलको व्यक्ति अर्को दलको सांसद हुन पाउने कि नपाउने भनी प्रश्न सोधेका थिए ।

जवाफमा ‘एउटा दलको अध्यक्ष अर्को दलको निर्वाचन चिह्न लिएर चुनाव लड्न र समानुपातिक तर्फबाट निर्वाचित हुन पाउँछ कि पाउँदैन भन्ने विषयमा कानुनमा प्रष्ट नभएको बताएका छन । उनले भने, यो बिषय नैतिकतासँग जोडिएको विषय हो ।’ उनले यस बिषयमा आगामी दिनमा छलफल हुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us