
काठमाण्डु,२८ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ ६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१. ४१ प्रतिशत) मतदान भएको थियो ।
जसमध्ये १ करोड ४ लाख ७ हजार ९५ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले बताएको छ ।
यस्तै प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१.८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।