संघीय संसद सचिवालयका सचिव घिमिरेले राजीनामा दिए

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १३:३९ मा प्रकाशित

काठमाण्डु,२८ मंसिर– संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका छन ।

घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख रहेका थिए । घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।

 आज (बुधबार) राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us