एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १३:०० मा प्रकाशित

काठमाण्डु,२८ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ । ओली निवास बालकोट गएर गुरुङले मंगलबार भेटेका हुन् ।मंगलबार आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताए ।

त्यस अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको उनले बताएका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएका हुन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us