
काठमाण्डु,२८ मंसिर– एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताएका छन ।
उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने उनले बताएका छन ।
गठबन्धनमा रहेका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने उनले बताए ।
उनले ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा नेकपा एमालेका ३६ जना उम्मेदवारहरुमाथि निर्वाचनमा हराउने क्याम्पियन चलाउनु रहेक बताएका छन ।
निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरुमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने क्याम्पियन चलाइएको आरोप लगाए । उनले नेकपा एमालेले मिसन निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भनेपनि ६ प्रतिशत भोट घटेको बताएका छन ।
उनले एमाले जनादेशको हिसावले देशको ठूलो पार्टी भएपनि अंक गणितका हिसावले ठूलो बन्न नसकेको पनि बताए। एमाले स्थिरताको पक्षमा रहेको भन्दै स्थिरताका लागि आवश्यक पहल गर्न तयार रहेको उनले बताएका छन ।
उनले नेपाली कांग्रेस लगायतका दलहरुले पनि स्थिरताको पक्षमा सोच्नुपर्ने बताए। उनले नेकपा एमालेले अहिले नयाँ सरकार बनाउने कुरामा भन्दापनि गठबन्धनको भुमिकालाई नियालीरहेको बताए ।