‘प्रधानमन्त्री संसार छाड्ने तयारीमा’ भन्दै समाचार छाप्ने पत्रिकालाई चेतावनी

काठमाण्डु टुडे २०७१ असार ३० गते १२:५४ मा प्रकाशित

काठमाण्डु, ३० असार– प्रेस काउन्सिल नेपालले सुनसरी जिल्लाबाट प्रकाशित हुँदै आएको ‘महाप्रतिवाद’ साप्ताहिकको गत असार २० गतेको अङ्कमा प्रकाशित प्रधानमन्त्रीसम्बन्धी समाचार सामग्रीबारे क्षमायाचनासहित खण्डन प्रकाशन गर्न पत्रिकाका सम्पादकलाई निर्देशन दिएको छ ।

काउन्सिल उपसमितिको आइतबारको बैठकले यस्ता संवेदनशील विषयमा पछि पनि हचुवापूर्ण समाचार प्रकाशन गरेमा कडा कारबाही गरिने चेतावनी दिँदै अबउप्रान्त यस्ता अमर्यादित सामग्री प्रकाशन नगर्न आग्रह गरेको काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जारी सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त पत्रिकाले अस्वस्थ प्रधानमन्त्री सुशील कोइरालालाई लक्षित गरी ‘प्रधानमन्त्री कोइराला संसार छाड्ने तयारीमा’ शीर्षकमा समाचार छापेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us