माओवादीले बनाएका १४ समानुपातिक सांसद् कस्ता ?

काठमाण्डु टुडे २०७९ मंसिर २४ गते १८:५७ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– नेकपा माओवादी केन्द्रले १४ समानुपातिक सांसदको टुंगो लगाएको छ ।

माओवादीले शनिबार निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीमा १२ महिला र दुई पुरुष छन् । आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङलाई माओवादीले सांसद बनाएको छ ।

यस्तै माओवादीले खस आर्यतर्फबाट हितराज पाण्डे, ज्ञानु बस्ने सुवेदी, विमला सुवेदी र नारायणी शर्मा, थारुबाट रूपा सोसी चौधरी, दलितबाट रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी, मधेसीतर्फबाट मीना यादव र उमरावती देवी यादव तथा मुस्लिमबाट कल्पना मियाँलाई सांसद बनाउने भएको छ ।

जसमध्ये उमरावती देवी नेपाल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us