राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि बस्दै

काठमाण्डु टुडे २०७९ मंसिर २३ गते १५:४० मा प्रकाशित

काठमाण्डु,२३ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको छ । भोली बिहान ११ बजे बस्ने बैठकमा चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन गर्ने भएको छ ।

पार्टीले विधि पद्धति मिच्न नपाउने भन्दै पार्टीका केही नेताहरूले बिहीबार पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए । यो विषय पनि बैठकमा छलफलको एजेन्डा बन्ने एक नेताले जानकारी दिएका छन ।

पार्टीले समानुपातिक तर्फ १३ सिट पाएको छ भने प्रत्यक्षमा ७ सिट जितेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us