
काठमाण्डु,२३ मंसिर– एमालेको सचिवालय बैठक भोली शनिबार बिहान बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताएका छन ।
पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक संसद्को नाम तय गर्नेछ । साथै बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनमा पार्टीको भूमिकाको विषयमा पनि छलफल हुने भएको छ ।