चोलेन्द्र शम्शेर जबरालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजिएको कानुन व्यावसायीहरुको आरोप

काठमाण्डु टुडे २०७९ मंसिर २३ गते १३:३४ मा प्रकाशित

काठमाण्डु,२३ मंसिर– कानुन व्यावसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजिएको बताएका छन ।

संघीय संसदका महासचिव भरतराज गौतमले जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै कानुन व्यावसायीहरुले यस्तो तर्क गरेका हुन् ।

जबराको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिट सुनुवाइका लागि कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।

संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य छन् ।

रिट निवेदनको मस्यौदा गरेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रारम्भिक बहस गर्दै जबरालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजिएको बताएका छन । ‘चोलेन्द्रलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजियो’ बहसमा क्रममा उनले यस्तो बताएका हुन ।

भट्टराईले महाअभियोग नयाँ प्रतिनिधिसभामा पेश हुने बताएका छन् । संघीय संसदका महासचिव गौतमले जबराको निलम्बन फुकुवा गर्दै दिएको पत्र असंवैधानिक भएको उनले बताएका छन ।

उनले भने, ‘संविधानको धारा धारा १०१ को ९६० अनुसार जबरा निलम्बित हुन्छन् । पत्र असंवैधोनिक छ’।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us