
काठमाण्डु,२३ मंसिर– एमालेका उपाध्यक्ष एवंम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् । शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सवलाई सम्बोधनपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनले ४ मंसिरमा भएको चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने बताएका छन । उनले माओवादी केन्द्र र अरु दलसँग मिलेर सरकारमा जाने सम्भावनाबारे पत्रकारको प्रश्नमा त्यस्तो खेलमा एमाले नलाग्ने बताएका छन ।
उनले भने, ‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ, यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं ।’ उनले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको बताएका छन ।
चुनावको परिणामबारे पार्टीले छिट्टै समीक्षा गर्ने पनि उनले बताएका छन । उनले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरु पूरा गर्न भूमिका खेल्ने बताए ।