
काठमाण्डु,२३ मंसिर– एमालेले आजका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन ।
उनका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने उनले बताएका छन ।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची मागेपछि त्यसबारे निर्णय गर्न एमालेले आज बैठक बोलाएको थियो । आयोगले दलहरुलाई भोलि शनिबारसम्म नाम बुझाउन भनेको छ ।