
काठमाण्डु,२३ मंसिर– संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतम आन्तरिक परामर्शमा जुटेका छन् ।
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत बुधबार जवाफ मागे गरेको थियो ।
सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई संविधान र कानुनको कुन आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै प्रश्न गरेर पत्र पठाएका थिए ।
उक्त पत्रको जवाफ सचिवालयले छिट्टै सर्वोच्चलाई जवाफ पठाउने तयारी गरेको छ । गत बुधबार संघीय संसदका महासचिव गौतमले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बोधार्थ गर्दै उनीमाथिको महाभियोग निष्क्रिय भएको पत्राचार गरेका थिय ।