
काठमाण्डु,२३ मंसिर– बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउद रहेका छन ।
आज (शुक्रबार) बिहान पाटन नगरपालिका–१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ ।
जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले बताएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटना भएको हो ।