पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुन्छ: प्रधानमन्त्री देउवा

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते १७:२३ मा प्रकाशित

काठमाण्डु,२२ मंसिर– प्रधानमन्त्री एवंम् कांग्रेस सभाति शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुने बताएका छन् ।

धनगढीमा बिहीबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताएका छन ।

सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र रहेको बताउँदै उनले खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन ।

उनले देशको समृद्धिको लागि छिमेकीहरुसँगको सम्बन्धलाई पनि मजबुत बनाउनुपर्ने पनि बताएका छन ।यसैबीच महोत्सव आयोजकले महोत्सव उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ ।

१५ बुँदे मागसहित देउवालाई महोत्सवमै १५ किलोको माला लगाइएको हो । १५ बुँदे मागमा गौरीफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हबलगायत रहेका छन् ।

देउवाले उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले सुदूरपश्चिमको कला, संस्कृतिको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने बताएका छन ।

देउवाले विधिवत रुपमा उद्घाटन गरेको सुदूरपश्चिम महोत्सव अगामी पुष २ गतेसम्म चल्ने आयोजकले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us