मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते १७:०२ मा प्रकाशित

काठमाण्डु,२२ मंसिर– मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा मोटरसाइकलको ठक्करबाट बिहीबार एक जना पैदल यात्रीको मृत्यु भएको छ । मूत्यु हुनेमा सोही स्थानका स्थानीय ६५ वर्षीय बलबहादुर कार्की रहेका छन ।

गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो ।

घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका–११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us