हिमाञ्चल प्रदेशको विधानसभामा कांग्रेसको अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते १५:५० मा प्रकाशित

एजेन्सी– भारतको हिमाञ्चदल प्रदेशको विधानसभामा कांग्रेसले अग्रता लिन सुरु गरेको छ । ६८ सिटको लागि भएको विधानसभा चुनावमा कांग्रेसले ३९ सिटमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टी ले पछ्याउँदै २६ सिटमा अग्रता कायम गरेको छ ।

राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५ ६ प्रतिशत मतदान भएको थियो । पछिल्लो मतगणना अनुसार भाजपाका मुख्यमन्त्री जयराम ठाकुर आफ्नो निर्वाचन क्षेत्र सेराजबाट करिब २४ हजार मतका साथ अग्रस्थानमा रहेका छन् ।

उनले ३३ हजार २५६ मत पाउँदा कांग्रेसका उम्मेदवार चेतरामले ८ जार ९५६ मतले मात्र मत प्रप्त गरेका छन । सिमला ग्रामीणबाट काङ्ग्रेस उम्मेदवार तथा पूर्व मुख्यमन्त्री स्वर्गीय वीरभद्र सिंहका छोरा विक्रमादित्य सिंह कुल १३ हजार ३१९ मतका साथ अगाडि रहेका छन् ।

विक्रमादित्यले ३२ हजार ९७३ मत पाउँदा विजेपीका रवी कुमार मेहताले १९ हजार ६५४ मत ल्‍याएको बीबीसी हिन्दीले जानकारी दिउको छ । हिमाञ्चल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको थियो । हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us