
काठमाण्डु,२० मंसिर– कांग्रेसका नेता एवंम् काठमाण्डु–१ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाण्डुमा ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
त्यसका लागि आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग सम्बोधन गर्नुपर्ने सिंहले बताएका छन । केही दिन अगाडि मेलम्ची खानेपानी आयोजना स्थल पुगेर फर्किएका नेता सिंहले आज बिहान देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरवासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं ।
तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायीरुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौं ।’
मेलम्ची विकास समिति अलपत्र, पानी रोक्ने योजनामा कर्मचारी आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएको भन्दै सिंहले तत्काल मेलम्ची खानेपानी विकास समितिले आवश्यक निर्णय लिनुपर्ने बताएका छन । ।