डोल्पामा जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १४:२७ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– डोल्पाबाट प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढा रहेका छन ।

उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us