प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकियो

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १२:३९ मा प्रकाशित

 काठमाण्डु,१८ मंसिर– प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकिएको छ । प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको एमाले समानुपातिकमा पनि १५ सिट जित्दै सबैभन्दा ठूलो हुने भएको छ ।

प्राप्त मतपरिणाम अनुसार समानुपातिकमा जम्मा १८ लाख ९९ हजार १४४ सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत गरेका छन ।

यस्तै काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादी ले ५५ हजार ९५७ मत पाएका छन् ।

निर्वाचन आयोगले समानुपातिक सिट संख्याको निर्धारण गर्न भने दुई दिन लाग्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us