दोलखाबाट प्रदेश सभा (२) मा एमालेका केसी विजयी

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते ११:४० मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– दोलखाको प्रदेश सभा २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन । केसी १९ हजार ४१४ मत प्राप्त गर्दा उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्रप्त गरेका थिय ।

कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गदै केसीलाई बधाई दिएका थिए । ’ लामाले कांग्रेसकै कारण आफूले चुनाव हारेको समेत बताएका छन ।

प्रदेश सभामा निर्वाचित भरत केसी भने भिमेश्वर नगरपालिकाका पूर्व मेयर हुन् । लामाको प्रदेश सभामा दोस्रो हार हो । यसअघि ०७४ निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us