माओावादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १०:४२ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बस्दै छ ।

बैठकमा ४ मंसिर भएको निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो ।

आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us