
काठमाण्डु, १८ मंसिर– एमाले नेता गोकुल बाँस्कोटाको ललितपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।
बाँसकोटाको लोकन्थलीमा रहेको निवासमा तार जोडिएको प्रेसर कुकर फेला परेको हो । भक्तपुर प्रहरीका अनुसार बास्कोटाको घरमा शंकास्पद वस्तु रहेको जानकारी पाएलगत्तै डिस्पोजलका लागि नेपाली सेनाको टोली पठाइएको छ ।
४ मंसिरमा सम्पन्न निर्वाचनमा बाँसकोटा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।