
काठमाण्डु,१७ मंसिर– जुम्लामा विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु भएको छ। मूत्यु हुनेमा जुम्लाको तिला गाउँपालिका–६ का अन्दाजी ४७ वर्षीय देव रावत रहेका छन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला–८ मा पर्ने लाछुङथाडी भन्ने ठाउँको गोरुखोला भन्ने ठाउँमा उनको लडेर मृत्यु भएको हो ।
रावतले मदिरा अत्यधिक रूपमा सेवन गरेको उनले बताएका छन । प्रहरीका अनुसार विवाहको जन्तीमा सँगैका साथीहरू समयमै घर फर्केकी सकेका थिए भने रावत भन्ने छुट्टै घर फर्केका थिए ।
अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीएको छ ।