जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १३:०९ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– प्रहरीले काठमाण्डुबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका–३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us