करेन्ट लागेर बालकको मृत्यु

काठमाण्डु टुडे २०७१ असार २९ गते १२:३६ मा प्रकाशित

गौशाला, २९ असार – करेन्ट लागेर आज दिउँसो महोत्तरी जिल्लाको खुट्टापिपराढी गाविसमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खुट्टापिपराढी गाविस–२ बस्ने रामरतन यादवका १६ वर्षीय छोरा लक्ष्मी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घरमा जडान गरिएको बिजुली बिग्रेको बेला आफैले बिजुली मर्मत गर्न खोज्दा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी निरीक्षक एकवाल हवाडीले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us