कुकुरले टोकेर एकै गाउँका २२ घाइते

काठमाण्डु टुडे २०७१ असार २८ गते १४:१२ मा प्रकाशित

काठमाण्डु, २८ असार– गोरखाको फुजेलमा बहुला कुकरले टोकेर २२ जना घाइते भएका छन् ।
कुकुरले शुक्रबार साँझ ५ बजेदेखि शनिबार दिउँसोसम्ममा फुजेल–६ को दाहाल गाउँ र फुजेल–७ को पुण्यगाउँका २२ जनालाई टोकेको हो । घाइते हुनेमा सीता दाहाल, पुतली दमिनी, मानबहादुर श्रेष्ठलगायत छन् ।
कुकुरको टोकाइबाट घाइते भएका मध्ये रेविजविरुद्धको सुई लगाउन तीन जना काठमाण्डु, तीन जना चितवन र अरु सदरमुकाम गोरखा बजार गएको स्थानीय वीरेन्द्र दुवाडीले जानकारी दिए ।

उनका अनुसार घरघरमै गएर मान्छे टोक्ने कुकुरलाई झण्डै २४ घण्टाको प्रयासमा स्थानीय युवाले शनिबार साँझ मारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us