पत्रकार कुटिएकोप्रति महासंघको आपत्ति

काठमाण्डु टुडे २०७१ असार २८ गते १२:०२ मा प्रकाशित

काठमाण्डु, २८ असार– नेपाल पत्रकार महासंघले महासंघ धनुषा शाखाका सदस्य तथा मिथिला डटकमका पत्रकार अवधेश कामतमाथि आक्रमण भएको भन्दै भत्र्सना गरेको छ ।
fnj logoमहासचिव उजीर मगरद्वारा शनिबार जारी गरिएको विज्ञप्तिमा जनकपुर नगरपालिकाका कर्मचारीले कामतलाई बिनाकारण कुटपिट गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी त्यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नलाई तत्काल कारबाही गरी पत्रकारलाई निर्भय र निर्वाध प्रेस स्वतन्त्रताको वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।

‘समाचार र सूचनामार्फत नागरिकलाई सुसूचित र सचेत गराउने कार्यमा जुटेका पत्रकारमाथि कुनै पनि पक्षबाट कुटपिट हुनु आफैंमा निन्दनीय काम हो’, ज्ञिपप्तिमा भनिएको छ’,  ‘यस्ता घटनाले पत्रकारलाई आफ्नो पेशाप्रति हतोत्साहित र कमजोर बनाउने महासंघको ठहर छ ।’
कामतमाथि गत असार २६ गते नगर सफाइ तथा सडक निर्माणमा अनमियताबारे नगरपालिकाका कार्यकारी प्रमुख विष्णुप्रसाद कोइरालासँग भएको सामान्य कुराकानीको विषयलाई लिएर नगरपालिकाका कर्मचारी श्याम ठाकुरसहित ६ जनाले धनुषाको रामचोकस्थित पश्चिमी डिलमा आक्रमण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us