काठमाण्डुमै प्रहरी जवानको गोली हानी हत्या

काठमाण्डु टुडे २०७१ असार २८ गते १०:४८ मा प्रकाशित

काठमाण्डु, २८ असार–राजधानीमा शनिबार एक प्रहरी जवानको गोली हानी हत्या भएको छ ।
प्रहरी जवान अनिल तिवारी बालाजु विष्णुमति करिडोर नजिकै शनिबार बिहान मृत फेला परेका हुन् ।  रौतहट स्थायी ठेगाना भएका तिवारी कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाण्डुमा कार्यरत उनी सादा पोशाकमा ड्युटीमा खटिएका बेला हत्या भएको हो । घटनास्थलबाट प्रहरीले एकथान कटुवा पेस्तोल बरामद गरेको छ ।  काठमाण्डु प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us