सुनसरी, २७ असार – काठको आग्लो प्रहार गरी आफ्नै श्रीमतीलाई मारेको अभियोगमा धरान नगरपालिका–१७ बस्ने ३९ बर्षीय चक्रबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
निजले आपसी विवादमा २९ बर्षीया श्रीमती बिमला लिम्बुलाई असार २६ गते ढोकामा लगाउने काठको आग्लोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि घोपा अस्पताल धरान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।