अमेरिकाले गरो युक्रेनी अधिकारीलाई रुससँग वार्ताका लागि प्रोत्साहित

काठमाण्डु टुडे २०७९ कार्तिक २० गते १७:१५ मा प्रकाशित

एजेन्सी, २० कातिक- अमेरिकाले युक्रेनी अधिकारीलाई निजी भेटघाट तथा बैठकहरूमा रुससँग वार्ताका लागि खुला रहेको संकेत दिन प्रोत्साहित गरिरहेको चर्चित पत्रिका वाशिंगटन पोस्टले लेखेको छ।

पत्रिकाले मस्कोले युद्ध चर्काउने तयारी गरिरहेको सन्दर्भमा वार्तालाई महत्व दिन विदेश मन्त्रालयले बताएको उल्लेख गरेको छ। अमेरिकी अधिकारीहरूको वार्ताको अनुरोध युक्रेनलाई जबरजस्ती वार्ताको टेबलमा धकेल्ने उद्देश्यले नभइ युक्रेनप्रति अन्य राष्ट्रहरूको समर्थन सुनिश्चित गर्न रणनीतिक प्रयासको रुपमा भएको’ पत्रिकासँग बोल्ने शीर्ष अमेरिकी स्रोतले बतायको छ।

युक्रेन युद्धका कारण युरोपदेखि विकासोन्मुख मुलुकमा खाद्यान्न तथा इन्धन मूल्य आकाशिएको छ । जस्का कारण युरोपका आम नागरिकहरूमा बढ्दो महँगीका कारण युक्रेनलाई सघाउने चाहना कम हुँदै गएको हो की भन्ने आशंका गर्न थालीयको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us