
काठमाण्डू, ८ असार– नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेर घाइते भएका छन । ती कामदार छतमा मर्मतको काम गर्दागर्दै केहीबेर अघि खसेका हुन् ।
उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको संसद् भवन परिसरका एक सुरक्षाकर्मीले जानकारी दिएका छन । उनको कुहिना र गोडामा चोट लागेको बताइएको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेको ति सुरक्षाकर्मीले जानकारी दिए ।