कर्नाटकको बिदरमा ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु,

काठमाण्डु टुडे २०७९ कार्तिक १९ गते १२:३७ मा प्रकाशित

 एजेन्सी– कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ । यस्तै दुर्घट्नामा परि अन्य छ जना घाइते भएका छन्। बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले बताएको छ ।

 महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो । घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us