एकतर्फी भाडा असुल्दै ब्रह्मलुट

काठमाण्डु टुडे २०७१ असार २७ गते ८:०४ मा प्रकाशित

डोल्पा, २७ असार – डोल्पा सदरमुकाम दुनैदेखि जुफाल विमानस्थलसम्म चल्दै आएका नीजि कम्पनीका सवारी साधनले एकतर्फी भाडा असुल्दै ब्रह्मलुट मच्चाएका छन् ।

१३ किमि को दुरीमा ४ वटा महिन्द्रा जिप संचालनमा आएका छन् । संचालनमा आएका जीपहरु यातायात ब्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालयको अनुमती नलिइ चलिरहेका छन् ।

कानुनी प्रावधानलाई मिचेर संचालन गरीएका जिपहरुले सदरमुकाम दुनैदेखि जुफाल विमानस्थल सम्मको १३ किमिको दुरीमा ३ सय ५० भाडा उठाउने गरेका छन ।

भाडा घटाउन पटक – पटक जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायहरु बोलाएर छलफल गर्न आग्रह गरेपनी प्रशासन मुकदर्शक बनेर बसेको स्थानिय जयस उपाध्यायले बताए ।

अबैधानिक रुपमा संचालन गरिएका उक्त जिपहरुमा संकास्पद ब्यवहार देखाउने जिल्ला प्रशासन कार्यालयले सर्बसाधारणको कुरा नसुनेको र आफूले पनि कुनै चासो नदेखाएको सेवाग्राहीको गुनासो रहेको छ ।

रातो नंबर प्लेट भएका सवारी साधनहरुले सामानबाहेक मान्छेहरु बोक्न नपाउने यातायात व्यवस्था ऐनमा उल्लेख छ ।  यि जिपहरु कर्मचारी र साहु महाजनको पहुँचमा रहेको सर्बसाधरणले बताएका छन् ।

जिपका संचालकहरुले यात्रुहरुको दुर्घटना बिमा र औषधि उपचारको व्यवस्थासमेत गरेका छैनन् । यसरी अबैधानिक रुपमा संचालन भइरहेको जिपहरुमा समयमै सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us