सोमालियामा कार बम विष्फोट हुँदा सय जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ कार्तिक १३ गते १५:१२ मा प्रकाशित

एजेन्सी ,१३ कातिक- सोमालियामा शनिबार राति कार बम विष्फोट भयको छ।

सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रायलय रहेको स्थानमा शनिबार राति भयको कार बम विष्फोटमा परी १०० जानाको मृत्यु भएको छ भने ३ सय जना घाइते भएका छन्। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन।

तर राष्ट्रपति हसन शेख मोहम्मदले इश्लामी समूह अल सहबाबले बिस्फोट गराएको आरोप लगाएका छन्। घटनास्थलमा पुगेका राष्ट्रपति मोहम्मदले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।विस्फोटको कारण भने अझैसम्म खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us