स्विट्जरल्याण्डले नस्ट ग¥यो २८५ मिलियन डलर बराबरको खोप

काठमाण्डु टुडे २०७९ असोज ९ गते ११:३५ मा प्रकाशित

 एजेन्सी- स्विट्जरल्याण्डले म्याद मोडर्नाको कोभिड १९ को ३ लाख डोज खोप नष्ट गरेको छ । यसै साता म्याद सकिएपछि ती खोप नस्ट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  नष्ट गरिएको खुराकको कुल लागत लगभग २८५ मिलियन डलर बराबर छ ।

१० दशमलब ३ मिलियन डोजमध्ये २ दशमलब ५ मिलियन आर्मीको लजिस्टक आधारमा राखिएको थियो भने बाँकी बेल्जियमको बाह्य भण्डार डिपोमा राखिएको थियो । 
यो उल्लेखनीय छ कि ८७ लाख मात्र जनसंख्या भएको स्विट्जरल्याण्डले कुल ३ करोड ४० लाख डोज खोप खरिद ग-यो । 

यद्यपि स्विट्जरल्याण्डले कोभिड भ्याक्सिनलाई ठूलो मात्रामा नष्ट गरिरहेको यो पहिलो पटक भने होइन । रिपोर्ट अनुसार मे महिनामा उसले ६ लाख २० हजारभन्दा बढी म्याद समाप्त खोप नष्ट गरेको थियो । खोपको माग घटेपछि तिनिहरूको म्याद गुज्रिएको थियो ।
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us