अमेरिकामा कोभिड समाप्तः बाइडेन

काठमाण्डु टुडे २०७९ असोज ३ गते १३:२२ मा प्रकाशित

न्युयोर्क, ३ असोज- अमेरिकी राष्ट्रपति जोन बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन् । 

कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको  र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो । 

‘महामारी समाप्त भएको छ । हामीसँग अझै पनि कोभिडको समस्या छ । हामी अझै यसमा धेरै काम गरिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने ।
तर, केही साताअघि मात्र बाइडेनले कोभिड परीक्षण र खोप सञ्चालनहरू जारी राख्न कांग्रेसबाट अरबौं डलर निकास गर्न अनुरोध गरेका थिए ।
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us