हाइटीमा शान्ति कायम गर्न आह्वान

काठमाण्डु टुडे २०७९ असोज २ गते १२:०९ मा प्रकाशित

एजेन्सी- हाइटीमा केही दिनदेखि चलेको सरकारविरोधी प्रदर्शनपछि वरिष्ठ नेताहरूले शान्त हुन आह्वान गरेका छन् । हाइटीका न्यायमन्त्री बेर्टो डोर्सेले भौतिक सम्पत्तिमा आक्रमण गर्नेलाई पहिचान गरी सजाय दिने प्रतिबद्धता जनाएका छन् ।

पेट्रोल र डिजेलको मूल्य आकासिएपछि प्रदर्शनकारीहरूले प्रधानमन्त्री एरियल हेनरीको राजीनामा माग गरिरहेका छन् । मुद्रास्फीति एक दशक यताकै उच्च स्तरमा पुगेपछि पछिल्लो प्रदर्शन आएको हो । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हाइटीमा बढ्दो अशान्तिप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् । देशको ४० प्रतिशत जनसंख्या खाद्य सहायतामा निर्भर रहेको गिरोहका कारण हुने हिंसाबाट सयौँको मृत्यु र हजारौँ विस्थापित भएका छन् ।

त्यहाँ हिंसात्मक झडपहरू भएका र प्रदर्शनकारीले ढुंगा र गोली प्रहार गरेका थिए । यसअघि राजधानी पोर्ट–अउ–प्रिन्समा दुई पत्रबारको गोली हानेर हत्या गरी उनीहरूको शव जलाइएको थियो ।
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us