नागढुंगा सुरुङ ७ महिनाभित्र छेडिने

काठमाण्डु टुडे २०७९ भदौ ३० गते ७:३४ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– काठमाण्डुलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ ।

सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ । आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाण्डु र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ ।’

विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, ‘आयोजनको कल ६२.९० प्रतिशत काम पूरा भएको छ । आगामी ७ महिनाभित्र सुरुङ छेड्ने काम पूरा हुनेछ।’

उनका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय १५ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किड अडिट १ सय २७ मिटर पूरा भएको छ भने ऋस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ । आयोजनाको कुल भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत छ । कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us