कोरोनाबाट पाँच जनाको मृत्यु, लकडाउनको विकल्पबारे छलफल

काठमाण्डु टुडे २०७९ साउन २६ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, २६ साउन– कोरोना भाइरस संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ ।

पछिल्लो एक वर्षमा एकै दिन कोरोनाबाट यति धेरै मानिसको मृत्यु भएको यो पहिलोपटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ११ हजार ९ सय ८२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको बताएको छ । यसअघि बुधबार तीन संक्रमितले ज्यान गुमाएका थिए ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा संक्रमण पुष्टि भएको बताए । ४ हजार ५ सय ३४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै २४ घण्टामा ४ सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो समय हरेक दिन कोरोना संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएको छ । मन्त्रालयले कोरोना समुदाय स्तरमा फैलिएको भन्दै लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us