तथ्याङ्क विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाण्डु टुडे २०७९ साउन २५ गते १७:२८ मा प्रकाशित

काठमाण्डु, २५ साउन–प्रतिनिधिसभाले तथ्याङ्क विधेयक–२०७८ पारित गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकले बहुमतद्वारा उक्त विधेयक पारित गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रियसभाको सन्देशसहितको विधेयक बैठकमा प्रस्तुत गरेका थिए ।

सांसदहरुले छलफलमा उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक ल्याइएको बताए ।

तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व रहेको भन्दै उनले देशभरका हरेक विषयमा तथ्याङ्क सङ्कलन र उपयोग गर्न विधेयकले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ३३ जिल्लामा रहेको तथ्याङ्क काार्यलयले ७७ जिल्लाको काम गर्नुपर्दा विगतमा काममा जटिलता आएको स्मरण गर्दै खाणले अब उक्त समस्या समाधान हुने उल्लेख गरे ।

प्रतिनिधिसभा बैठकबाट बुधबारै सपथसम्बन्धी विधेयक २०७९ पनि पारित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us