राहदानी विभागमा बिचौलियाको हैकम

काठमाण्डु टुडे २०७९ असार ५ गते ७:३८ मा प्रकाशित

काठमाण्डु, ५ असार– राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भोडको लाभ उठाउँदै विचौलियाको लकों लाग्ने गरेको छ ।
राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले स्वीकार गरेको छ ।

दैनिक तीन हजारभन्दा बढी मानिस विभागबाट राहदानी लिनकै लागि लाइनमा लाग्ने गर्छन् । यो भीड विचौलियाको आर्थिक लाभको राम्रो स्रोत बन्न थालेको छ । विभागका प्रवक्ता शरदराज अरनले बिचौलियाले छिटो काम गराइदिन्छु( हाकिम सबै चिनेको छ भन्दै सेवाग्राहीबाट रकम असुलेको पाइएको जानकारी दिए ।

आफ्नो राहदानी बनाउने भन्दै राहदानी परिसरभित्र प्रवेश गरेर फाँटका कर्मचारीलाई अनावश्यक दबाब र प्रलोभनसमेत ती विचौलियाले दिने गरेको उनको दाबी छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us